नेपाल र कुवेत भिड्दै

यूएईमा जारी रहेको आईसीसी यू-१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा नेपाल र कुवेत भिड्दै छन् । आज (शनिबार) नेपाल र कुवेत भिड्न लागेका हुन् ।

खेल नेपाली समयअनुसार बिहान १०ः४५ बाट सुरु हुनेछ । नेपाल आज लगातर दोस्रो जित हात पार्ने योजनाका साथ मैदान उत्रदैचा भने कुवेत पनि प्रतियोगितामा पहिलो जित दर्ता गर्ने सुरमा रहेको छ ।



पहिलो खेलमा सिंगापुरलाई पराजित गरेको नेपालले आज पनि जितलाई नै निरन्तरता दिने लक्ष्यमा रहेको छ । यता कुवेत भने पहिलो खेलमा हङकङसँग पराजित भएको हुनाले आजको खेल जित्ने पर्ने दबाब रहेको छ । देव खनालको कप्तानीमा युएई पुगेको नेपाली टोलीको मुख्य प्रशिक्षकमा जगत टमटा रहेका छन् । आज दोस्रो खेल खेल्न लागेको नेपालले तेस्रो खेल हङकङ विरुद्ध फेब्रुअरी २७ मा, चौथों खेल फेब्रुअरी २८ मा मलेसिया र पाँचौं तथा अन्तिम खेल २ मार्चमा युएईसॅंग खेल्नेछ।

प्रतियोगितामा नेपालसहित सिंगापुर,कुबेत,हङकङ,मलेसिया र आयोजक यूएईको सहभागीता रहेको छ । राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष टोली २०२४ मा श्रीलंकामा हुने यू-१९ विश्वकपका लागि छनोट हुनेछ।

 

सम्बन्धित समाचार