सरकारबाट बाहिरिने राप्रपाको निर्णय, समर्थन पनि फिर्ता लिने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारबाट बाहिरिने निर्णय गरेको छ । आज (शनिबार) पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठक र संसदीय दलको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।

राष्ट्रपति निर्वाचनमा राजनीतिक समीकरण फेरिएसँगै राप्रपाले सरकारबाट बाहिरिने निर्णय गरेको हो । त्यस्तै पार्टीले सरकारलाई दिएको पनि समर्थन फिर्ता लिँदै सबै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । ‘परिवर्तित सन्दर्भमा राप्रपा सत्तामा रहिरहनु अनुपयुक्त हुने ठहर गर्दै आजबाटै सरकारलाई दिएको समर्थन फिर्ता लिई सरकारबाट बाहिरिने निर्णय गरेका छौं’ राप्रपाको विज्ञप्तिमा उल्लेख छ ।



राप्रपाद्वारा विज्ञप्तिमा भनिएको छ, ‘हाल देखिएको सत्ता परिवर्तनको प्रवृत्ति र प्रक्रिया वर्तमान संविधानको संरचनमा निहित अस्थिरताको स्वभाविक चरित्र हो भन्ने हाम्रो ठहर छ ।’ यस्तै राप्रपाले प्रदेश सरकारमा पनि राप्रपाको यसै बमोजिमको दृष्टिकोण रहेकाले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने र प्रदेश सरकारबाट समेत बाहिरिने निर्णय गरेको छ ।

विज्ञप्ति

 

 

 

सम्बन्धित समाचार