कुवेतमाथि नेपालको सानदार जित

युएईमा जारी आइसीसी यू–१९ विश्वकप एसिया छनोटअन्तर्गतको खेलमा नेपालले लगातार दोस्रो जित हात पारेको छ । शनिबार भएको खेलमा नेपालले कुवेतलाई २४३ को फराकिलो अन्तरले पराजित गरेको हो ।

यसअघि यूएईस्थित मलिका क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा सात विकेट गुमाउँदै ३४३ रन बनाएको थियो । नेपालका लागि अर्जुन कुमाल र कप्तान देव खनालले शतकीय पारी खेले । खनालले ११७ बलमा ९ चौका र ३ छक्काको मद्दत १२५ रन बनाए भने कुमालले ११२ बलमा १२ चौकाको सहयोगमा १०८ रनको योगदान दिए । त्यस्तै विशालविक्रम केसीले २३ रन बनाई भए भने दिपकप्रसाद डुम्रेले २० रनमा अविजित रहे । कुवेताका लागि आर्श साहिल र हेनरी थोमसले समान २-२ विकेट लिँदा हैबर अली र जय मेहताको भग्मन समान १-१ विकेट रह्यो ।



३४४ रनको लक्ष्य लिएर मैदान उत्रेको कुवेत ३०.५ ओभरमा १०० रनमा अलआउट भयो । कुवेतका लागि जुधा सालधानाले २६ रन बनाए भने रसिन मोहमदले १९ रन जोडे । यस्तै किसोरी भाइ हिन्सु १६ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि आकाश चन्दले ६ विकेट लिएभने हेमन्त धामी र दिपेश कडेँलको भागमा समान २-२ विकेट रह्यो । यसअघि नेपालले शुक्रबार भएको पहिलो खेलमा सिङ्गापुरलाई पराजित गरेको थियो । प्रतियोगितामा नेपालसहित कुवेत, युएई, हङकङ, सिङ्गापुर र मलेसिया सहभागी छन् ।

अब नेपालले सोमबार तेस्रो खेलमा हङकङविरुद्ध, चौथों खेल फेब्रुअरी २८ मामलेसियासँग र पाँचौं तथा अन्तिम खेलघरेलु टोली युएईसॅंग खेल्नेछ । राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष टोली २०२४ मा श्रीलंकामा हुने यू-१९ विश्वकपका लागि छनोट हुनेछ।

 

 

 

 

सम्बन्धित समाचार