आइसीसी विश्वकप लिग-२ मा नेपाल र पीएनजी खेल्दै

आइसीसी विश्वकप लिग-२ मा नेपाल र पपुवा न्यु गिनी(पीएनजी) भिड्दै छन् । आज (सोमबार) बाट यूएईमा सुरु हुने सिरिजमा नेपालले पीएनजीविरुद्ध खेल्न लागेको हो ।

दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा नेपाली समयअनुसार बिहान ११ः४५ मा सुरु हुनेछ । युएईमामा हुने सिरिजमा नेपाल, पीएनजी र युएईले एक-आपसमा समान २-२ खेल खेल्नेछन् । यद्यपि यो सिरिज पीएनजीमा हुनुपर्ने थियो । तर,, मैदानको अवस्थाको कारण यो सिरिज यूएईमा सारिएको हो । सिरिजमा नेपाल, पीएनजी र युएईको सहभागिता रहेको छ ।



आज पहिलो खेल खेल्न लागेको नेपालले दोस्रो खेल घरेलु टोली युएईसँग फागुन १८ मा, तेस्रो खेल फागुन १९ मा पपुवा न्युगिनीसँग र चौथों तथा अन्तिम खेल यूएईसँग फागुन २२ गते खेल्नेछ ।
नेपाल २८ खेलमा १२ मा जित र १४ मा हारसहित २६ अंकजोड्दै तालिकाको छैटौं स्थानमा छ भने समान खेलमा पीएनजी २ मा जित र २५ मा हारसहित ५ अंक जोड्दै तालिकाको पुछारमा रहेको छ । यता युएई पनि समान खेलमा १३ जित र १२ हारसहित २९ अंक जोड्दै तालिकाको पाँचौं स्थानमा छ ।

 

सम्बन्धित समाचार