किन रद्द भयो प्रधानमन्त्री दाहालको कतार भ्रमण ?

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कतारको दोहा भ्रमण रद्द भएको छ । प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले प्रधानमन्त्रीको दोहा भ्रमण रद्द भएको जानकारी दिएका हुन् ।

प्रधानमन्त्री दाहाल अतिकम विकसित मुलुकहरु (एलडिसिज)को प्नाचौं सम्मेलनमा सहभागी हुन यही फागुन १९ गते शुक्रबार त्यसतर्फ जाने कार्यक्रम तय भएको थियो । तर, मुलुकमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको प्रक्रिया सुरु भइरहेको र सो सन्दर्भमा दलहरूबीच विभिन्न छलफल गर्नुपर्नेलगायत व्यस्तताका कारण दोहा भ्रमण रद्द भएको प्रेस संयोजक शर्माले बताए ।



यसअघि परराष्ट्र मन्त्रालयले आइतबार बिहान पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री दाहाल नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सम्मेलनमा सहभागी हुन फागुन १९ गते त्यसतर्फ जाने र फागुन २२ गते स्वदेश फर्कने कार्यक्रम तय भएको जनाएको थियो । सम्मेलनका क्रममा उनी संयुक्त राष्ट्रसङ्घका केही कार्यक्रममा पनि सहभागी हुने मन्त्रालयले जानकारी दिएको थियो ।

फागुन २० गते एलडिसिजको अध्यक्ष राष्ट्र मलावीले आयोजना गर्ने सम्मेलनलाई प्रधानमन्त्री दाहालले सम्बोधन गर्ने कार्यक्रम थियो ।

 

 

सम्बन्धित समाचार