नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ फागुन ।
राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको छ । आज (सोमबार) सोमबार पार्टी कार्यालय बसुन्धरामा बसेको केन्द्रीय समिति बैठकले सरकारलाई दिएको समर्थन कायमै राख्ने बिर्नाया गरेको हो ।
बैठकले सरकारलाई दिएको समर्थन यथावत राख्ने निर्णय भएको पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले बताए । त्यस्तै बैठकमा चितवन–२ मा हुने उपनिर्वाचनका विषयमा छलफल भएको थियो । रास्वपाले गत २२ माघमा नै सरकारबाट बाहिरिने पनि सरकारलाई दिएको समर्थन भने कायमै राख्ने निर्णय गरेको थियो ।
राष्ट्रपतिको निर्वाचनको विषयमा नेकपा एमाले र नेपाली कांग्रेस दुवै दलले सहयोग मागेको तर पार्टीले कसलाई समर्थन गर्ने भन्ने निर्णय लिइ नसकेको सहमहामन्त्री बुर्लाकोटीले बताए ।