नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ फागुन ।

देशका विविन्न स्थानबाट मृत अवस्थामा १० जना फेला परेका छन् । चितवन, राप्ती नगरपालिका-१ नयाँ बस्ती बस्ने ३७ वर्षीय सन्तोष लटौला आफ्नै घरको आँगनमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै खोटाङ, ऐसेलुखर्क गाउँपालिका-४ जलेश्वरी बस्ने २७ वर्षीय मन बहादुर तामाङ सोही ठाउँ बस्ने राम काजी राईको घरमा आइतबार मृत अवस्थामा फेला परेका छन् । रामको छोरीको टिकोटालो कार्यक्रममा आएका उनी सुतेकै ठाउँमा मृत अवस्थामा फेला परेका छन् । यता रूपन्देही, लुम्बिनी सांस्कृतिक नगरपालिका-१३ ठुलो ओडवलिया बस्ने ४६ वर्षीया अकालमति विश्वकर्मा आफ्नै घरको शौचालयमा आइतबार मृत अवस्थामा फेला परेकी छन् ।
यस्तै कैलाली, धनगढी उपमहानगरपालिका-१८ नखलीपुरस्थित मोहना नदीमा सोही उपमहानगरपालिका-१८ ई गाउँ बस्ने १५ वर्षीय अरुण सिंह आइतबार मृत अवस्थामा फेला परेका छन् । उता खोटाङ, हलेसी तुवाचुङ नगरपालिका-३ सुनकोशी नदीको किनारमा हाल नाम, थर, वतन, लिङ नखुलेको सडिगलेको अवस्थामा शव आइतबार फेला परेको छ । त्यसैगरी ताप्लेजुङ, फुङलिङ नगरपालिका-१० नाम्जे बस्ने ६५ वर्षीय प्रिति बहादुर लिम्बु सोही ठाउँस्थित बारीमा आइतबार मृत अवस्थामा फेला परकी छन् ।
यता काठमाडौं, काठमाण्डौ महानगरपालिका-३१ बानेश्वर क्याम्पस अगाडि सडकमा रामेछाप दोरम्बा गाउँपालिका-९ घर भई हाल सोही क्याम्पस नजिक तरकारी बजार छेउ छाप्रोमा बस्ने ६१ वर्षीय धन बहादुर शनिबार मृत अवस्थामा फेला परेका छन् । यस्तै धनकुटा, छथरजोरपाटी गाउँपालिका-५ माथिल्लो खोप्ताक बस्ने २७ वर्षीय राम बहादुर लिम्बु साँगुरीगढी गाउँपालिका-१ स्थित घुमाउने भिरमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
गत बिहीबारदेखि हराएका उनको प्रहरी चौकी सिधुवाबाट खटिएको प्रहरीले खोजतलास गर्ने क्रममा उक्त भीरमा उनको शव फेला पारेको हो । त्यसैगरी कैलाली, कैलारी गाउँपालिका-७ सडकपुर बसन्ता बस्ने ७५ वर्षीय लाहनु चौधरी आफ्नै घर नजिक सडक छेउको नालीमा आइतबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी कैलाली, कैलारी गाउँपालिका-४ के गाउँ बस्ने ४० वर्षीया लक्ष्मी विक शनिबार आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको

