नेपालको विजयी सुरुवात, पपुवा न्युगिनी ४ विकेटले पराजित

युएईमा जारी आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा नेपाल विजयी भएको छ । सोबर भएको पहिलो खेलमा नेपालले पपुवा न्युगिनीलाई ४ विकेटले पराजित गरेको हो ।

युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पपुवा न्युगिनीले निर्धारित ५० ओभरमा नौ गुमाउँदै २०३ रन बनाएको थियो । पपुवा न्युगिनीका लागि चाड सोपरले अविजित रहँदै ३६ रन बनाए भने कप्तान असाद भालाले ३६ रन जोडे । त्यस्तै सेसे बाउले ३१ रन बनाई आउट भए भने किपीलन डोरिगाले २९, नोर्मन भानुआले २५ र हिरी हिरीले १० रन बनाए ।



नेपालका लागि गुल्सन झाले ३ विकेट लिए भने कुशल मल्लले २ विकेट लिँदा सोमपाल कामी, करण केसी र प्रतिश जिसीको भागमा समान १-१ विकेट रह्यो ।

२०४ रनको लक्ष्य लिएर मैदान उत्रेको नेपालले ४५.२ ओभरमा ६ विकेटको क्षतिमा पूरा गरेको हो । नेपालका लागि कुशल भुर्तेलले ५६ रनको अद्र्धशतकीय पारी खेले भने आशिफ शेखले ४४ रन बनाए । यस्तै आरिफ शेख ३३ रन बनाई आउट भए भने दीपेन्द्रसिंह ऐरीले २२ रन जोड्दा कप्तान रोहित पौडेल २० रन जोडे । त्यस्तै कुशल मल्ल १२ र सोमपाल कामी ५ रनमा अविजित रहे । पीएनजीका लागि कप्तान असद भालाले ३ विकेट लिए भने नर्मन भानुवा र सेसे बाउको समान १-१ विकेट रह्यो ।

अब नेपालले नेपालले दोस्रो खेल घरेलु टोली युएईसँग फागुन १८ मा, तेस्रो खेल फागुन १९ मा पपुवा न्युगिनीसँग र चौथों तथा अन्तिम खेल यूएईसँग फागुन २२ गते खेल्नेछ । नेपाल २९ खेलमा १३ मा जित र १४ मा हारसहित २८ अंक जोड्दै तालिकाको छैटौं स्थानमा छ भने समान खेलमा पीएनजी २ मा जित र २६ मा हारसहित ५ अंक जोड्दै तालिकाको पुछारमा रहेको छ । यता युएई भने २८ खेलमा खेलमा १३ जित र १२ हारसहित २९ अंक जोड्दै तालिकाको पाँचौं स्थानमा छ ।

 

 

 

 

 

सम्बन्धित समाचार