एम्बाप्पे र बेन्जिमालाई पछि पार्दै मेस्सी बने फिफा वर्ष खेलाडी

अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले फिफा पुरुष वर्ष खेलाडीको अवार्ड जितेका छन् । सोमबार राति पेरसिमा फ्रान्सका केलियन एम्बाप्पे र करिम बेन्जिमालाई पछि पार्दै मेस्सीले अवार्ड जितेका हुन् ।

मेस्सीले अर्जेन्टिनालाई आफ्नो कप्तानीमा कतार विश्वकपको उपाधि दिलाएका थिए । उनले सन् २०२१-२२ मा क्लब र देशका लागि ४९ खेलबाट २७ गोल गरेका छन्।



त्यस्तै महिलातर्फको प्लेयर अफ द इयर अवार्ड बार्सिलोनाकी एलेक्सिया पुटेलासले हात पार्दा पुरुषको उत्कृष्ट प्रशिक्षकमा अर्जेन्टिनाका लियोनल स्कोलानीले जिते । यस्तै इङ्ल्यान्डकी प्रशिक्षक सारिना विगम्यान महिलातर्फको उत्कृष्ट प्रशिक्षक बनिन् ।

त्यसैगरी उत्कृष्ट गोलकिपर एस्टन भिल्ला र अर्जेन्टिनाका एमिलियानो मार्टिनेज घोषित हुँदा महिलामा मारी एअर्प्सले जितिन् । पोल्याण्डका वार्टा पोजनानका एम्पुटी फुटबलर मार्सिन ओलेक्सीले वर्षको उत्कृष्ट गोलको लागि फिफा पुस्कास अवार्ड जितेका छन् भने फेयर प्ले अवार्ड लुका लोचोसभिलीले प्राप्त गरेका छन्

सम्बन्धित समाचार