नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ फागुन ।

सप्तरीमा बोलेरो पिकअप र स्कारपियो एकापसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । आज (मंगलबार) सप्तरी कञ्चनरुप नगरपालिकामा ९ विष्णु मन्दिर नजिक पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम जाँदै गरेको घोडा बोकेको प्र२–०२–००१च ०७४६ नंको बोलेरो पिकअप र पश्चिमबाट पूर्व जाँदै गरेको बा१८च ६६१७ नंको स्कारपियो एकापसमा ठक्कर खाँदा उनीहरुको मृत्यु भएको हो ।
मृत्य हुनेमा स्कारपियोमा सवार सुनसरीको दुहबी नगरपालिका–३ का सञ्जय चौधरी, राजकुमारी चौधरी र हरेराम साह रहेका छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै दुर्घतामा परि बोलेरो पिकअपमा रहेका दुई घोडामध्ये एउटा को मृत्यु भएको छ । दु
घाइतेहरुलाई उपचारका लागि स्थानिय धर्मेश्वर अस्पताल ठेलिया सप्तरीमा प्राथमिक उपचारपश्चात थप उपचारका लागि विराटनगर पठाइएको छ ।

