मलेसियाद्वारा नेपाल सामू जितको लागि ७३ रनको लक्ष्य

यूएईएमा जारी रहेको आईसीसी यू-१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगिता अन्तर्गतको प्रतियोगितामा मलेसियाले नेपाल अमू जितको लागि ७३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

यूएईस्थित मलेका क्रिकेट मैदानमा नेपालविरुद्ध टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले ओभरमा ३५.३ ओभरमा अलआउट हुँदै ७२ रनमा समेटिएको थियो । मलेसियाका लागि मुहम्मद अक्रम मालेकले समान २६-२६ रन बनाए भने मुहम्मद सायाहिरले १२ रन जोडे । त्यस्तै मूहम्मद हरिसानले १२ रन बनाउँनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।



नेपालका लागि दीपेश कँडेलले ४ विकेट लिए भने आकाश चन्दले ३ विकेट लिँदा मिलन बोहोराको भागमा २ विकेट रह्यो । यस्तै सुवास भण्डारीले १ विकेट लिए ।

नेपाल आज लगातार चौथो जित निकाल्ने योजनामा रहेको छ । नेपाललेपहिलो खेलमा शुक्रबार सिंगापुरलाई , दोस्रो खेलमा शनिबार कुवेतलाई र तेस्रो खेलमा सोमबार हङकङलाई पराजित गरेको थियो । प्रतियोगितामा नेपालसहित सिंगापुर, कुवेत, हङकङ, मलेसिया र आयोजक यूएईको सहभागीता रहेको छ ।

आज चौथों खेल खेलेको नेपालले पाँचौं तथा अन्तिम खेलमा २ मार्च बुधबार घरेलु टोली युएईसॅंग खेल्नेछ । राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष टोली २०२४ मा श्रीलंकामा हुने यू-१९ विश्वकपका लागि छनोट हुनेछ।

सम्बन्धित समाचार