प्रदेश १ अबदेखि ‘कोशी प्रदेश’

आज सार्वजनिक विदा

अन्ततः लामो रस्साकस्सीपछि प्रदेश १ को नाम कोशी राख्ने निर्णय भएको छ । बुधकार भएको प्रदेशसभाको वैठकले प्रदेश १ को नाम कोशी राख्ने निर्णय गरेको हो । बुधबार भएको मतदानमा प्रदेशको नाम कोशी राख्ने पक्षमा ८२ मत र विपक्षमा ४ मत खसेका थिए ।

नामकरण ट्ङ्ग्याएको खुसीयालीमा आज (विहीबार) कोशी प्रदेशमा सार्वजनिक विदा पनि दिइएको छ ।



प्रदेशसभाको पहिलो कार्यकालमा प्रदेशले नाम पाउन सकेको थिएन । दोस्रो कार्यकालको पहिलो अधिवेशनबाटै प्रदेशले नाम पाएको छ । यस खुसीयालीमा बधाई साटासाट गर्न विहीबार सार्वजनिक विदा गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको हो ।

सम्बन्धित समाचार