युएईविरुद्ध नेपाल टस जितेर बलिङ गर्दै

यूएईमा जारी रहेको आईसीसी विश्वकप लिग टू अन्तर्गतको यूएई त्रिकोणात्मक सिरिजमा नेपालर घरेलु टोली यूएईबीचको खेल जारी रहेको छ । आज (बिहीबार) नेपालले युएईविरुद्ध दोस्रो खेल खेलेको हो ।

दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा जारी खेलमा नेपालले टस जितेर नेपालले पहिला बलिङ गरिरहेको छ । यो समाचार तयार पार्दा सम्म युएई ४ ओभरमा १ विकेट गुमाउँदै १२ रन बनाएको छ । नेपालका करण केसीले पहिलो ओभरमै विकेट लिएका हुन् ।



जारी सिरिजमा दुवै टोलीको यो दोस्रो खेल हो । नेपालले पहिलो खेलमा नेपालले पपुवा न्यु गिनीलाई पराजित गरेको थियो भने यूएई भने पपुवा न्यु गिनीसँग पराजित भएको थियो । नेपाल २९ खेलमा १३ मा जित र १४ मा हारसहित २८ अंकसहित छैटौं स्थानमा छ भने २९ खेलमा १३ मा जित र १३ मा हारसहित २९अंक जोडेको युएई साथ पाँचौं स्थानमा रहेको छ ।

 

सम्बन्धित समाचार