पीएनजीविरुद्ध नेपाल बलिङ गर्दै

यूएईमा जारी रहेको आईसीसी विश्वकप लिग टू अन्तर्गतको यूएई त्रिकोणात्मक सिरिजमा नेपाल आफ्नो तेस्रो खेलमा नेपालले पपुवा न्यु गिनी (पीएनजी) विरुद्ध पहिला बलिङ गर्दै छ ।आज (शुक्रबार) नेपालले पीएनजीविरुद्ध तेस्रो खेल खेलेको हो ।

दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियम हुने खेलमा पीएनजी टस जितेर पहिले ब्याटिंग गर्ने निर्णय गरेहो हो । जारी सिरिजमादुबो टोलीको यो तेस्रो खेल हो । नेपालले पहिलो खेलमा नेपालले पपुवा न्यु गिनीलाई पराजित गरेको थियो भने दोस्रो खेलमा यूएईसँग पराजित भएको थियो ।



यता पपुवा न्यु गिनीभने पहिलो खेलमा नेपालसँग पराजित भएको थियो भने दोस्रो खेलमा युएईलाई पराजित गरेको थोयो । नेपाल ३० खेलमा १३ मा जित र १४ मा हारसहित २८ अंकसहित छैटौं स्थानमा छ भने ३० खेलमा ३ मा जित र २६ मा हारसहित ७ अंक जोडेको पीएनजी पुछारमा रहेको छ । अब नेपालले चौथों तथा अन्तिम खेलमा मार्च ६ (फागुन २२) मा घरेलु टोलीसँग खेल्नेछ ।

 

 

सम्बन्धित समाचार