इटालियन सिरी ‘ए’ मा शीर्ष स्थानको नापोली पराजित

इटालियन सिरी ‘ए’ फुटबलमा लाजियोले शीर्ष स्थानको नापोलीलाई पराजित गरेको छ । शुक्रबार राति भएको खेलमा लाजियोले नापोलीलाई १-० गोल ले पराजित गरेको हो ।

लाजियोलाई जितमा माटियस भिसिनोले निर्णायक गोल गरे । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर खेलको ६७ औं मिनेटमा भिसिनोले गोल गर्दै लाजियोलाई अग्रता दिलाएका थिए । त्यसपछि थप समयमा दुवै टोलीबाट गोल भएन र खेल लाजियोले १-० ले आफ्नो पक्षमा पार्यो ।



यद्यपि दुवै टोलीले केही गोल गर्ने सुन्दर अवसर भने खेर फालेका थिए । जितसँगै लाजियो २५ खेलमा ४८ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ समान खेलमा ६५ अंक जोडेको नापोली शीर्ष स्थानमा रहेको छ ।

 

सम्बन्धित समाचार