म्यानचेस्टर सिटी विजयी

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी विजयी भएको छ । शनिबार राति भएको खेलमा म्यानचेस्टर सिटीले न्युकासल युनाईटेडलाई २-० ले पराजित गरेको हो ।

म्यानचेस्टर सिटीलाई जित दिलाउन फिल फोडेन र बेर्नार्डो सिल्भाले समान १- गोल गरे । खेलको १५ औं मिनेटमा फोडेनले गोल गर्दै म्यन्छेस्तर सिटीलाई अग्रता दिलाएका थिए । पहिलो हाफ १-० मा सकिएको खेलमा दोस्रो हाफमा म्यानचेस्टर सिटीले थप एक गोल गर्यो ।



खेलको ६७ औं मिनेटमा सिल्भाले गोल गर्दै सिटीलाई २-० को सहज जित दिलाए । जितसँगै म्यानचेस्टर सिटीले २६ खेलमा ५८ अंक जोड्दै दोस्रो स्थानमा छ भने समान खेलमा ४१ अंक जोडेको न्युकासल पाँचौं स्थानमा रहेको छ ।

त्यसैगरी इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत नै शनिबार राति भएको अन्य खेलमा शीर्ष स्थानको आर्सनलले बर्नेमाउथलाई ३-२ ले पराजित गरेको छ भने चेल्सीले लिड्स युनाईटेडलाई १-० गोल अन्तरले हराएको छ ।

सम्बन्धित समाचार