ओखलढुङ्गामा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते

ओखलढुङ्गामा बोलेरो दुर्घटना हुँदा दुईको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । आज(आइतबार) चिशङ्खुगढी गाउँपालिकाबाट ओखलढुङ्गाको सदरमुकाम जाँदै गरेको ना.१ ज ८४८३ नम्बरको बोलेरो जिप वडा नं. ३ दियालेको राहुटार नजिकै दुर्घटना भएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा चिशङ्खुगढी–३ का ७० वर्षीय भक्तबहादुर थापा र ५२ वर्षीय मीनबहादुर श्रेष्ठको मृत्यु भएको ओखलढुङ्गाका प्रमुख प्रहरी नायब उपनिरीक्षक दीपक केसीले जानकारी दिए । दुर्घटनामा घाइते भएका मध्ये ४ जनालाई सिम्रिक एयरको हेलिकप्टरमार्फत काठमाडौँ



घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । बोलेरोमा १३ सवार थिए । क्षमताभन्दा बढी यात्रु बोकेका कारण बालेरो अनियन्त्रित भइ दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । घटनाको विस्तृत जानकारी आउन बाँकी छ ।

सम्बन्धित समाचार