आइसीसी विश्वकप लिग-२ : नेपाल र यूएई खेल्दै

आइसीसी विश्वकप लिग-२ अन्तर्गत यूएई सिरिजको अन्तिम नेपाल र युएई भिड्दै छन् । आज (सोमबार) सिरिजको अन्तिम खेलमा यूएई र नेपाल भिड्न लागेका हुन् ।

विश्वकप लिग-२ मा नेपालले अहिलेसम्म यूएईलाई पराजित गर्न सकेको छैन । नेपाल आज पहिलो पटक यूएईलाई पराजित गर्ने योजनाका साथ मैदान उत्रदैछ । यता यूएई पनि सिरिजमा दोस्रो जित निकाल्ने योजनामा रहेको छ । यस सिरिजमा दुवै टोलीको दोस्रो पटक आमने सामने हुँदैछन् । पहिलो खेलमा नेपाल यूएईसँग ६८ रनले पराजित भएको थियो ।



जारी सिरिजमा नेपालले पपुवा न्यु गिनीविरूद्धको दुवै खेल जितेको थियो भने यूएईसँग भने हारेको थियो । युएई भने दुवै खेलमा पपुवा न्युगिनीविरुद्ध पराजित भएको थियो ।

दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार बिहान ११ः४५ मा सुरु हुनेछ । सिरिजमा नेपाल, पीएनजी र युएईको सहभागिता रहेको छ । नेपाल ३१ खेलमा १४ मा जित र १५ मा हारसहित ३० अंकसहित छैटौं स्थानमा छ भने ३१ खेलमा १४ मा जित र १५ मा हारसहित ३१ अंक जोडेको युएई तालिकाको पाँचौं स्थानमा रहेको छ ।

 

सम्बन्धित समाचार