नेपालद्वारा यूएई सामू २३० रनको लक्ष्य प्रस्तुत

यूएईमा जारी रहेको आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले घरेलु यूएई लागि जितको लागि २३० रनको लक्ष्य प्रस्तुत गरेको छ ।

दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाउँदै २२९ रन बनाएको हो ।
नेपालका लागि भिम सार्कीले ७० रनको अर्धशतकीय पारी खेले भने आरिफ शेख ४३ रनमा अविजित रहे । त्यस्तै कुशल मल्ल ३२ रन बनाई आउट भए भने सन्दीप लामिछानेले २७, करण केसीले १७ रन बनाउँदा ज्ञानेन्द्र मल्ल र प्रतिश जिसीले समान ११-११ रन जोडे ।



यूएईका लागि जुनेद सिद्धिकीले ३ विकेट लिए भने आर्यन लाक्रा र रोहन मुस्ताफाको भागमा समान २-२ विकेट रह्यो । यस सिरिजमा दुवै टोलीको दोस्रो पटक आमने सामने हुँदैछन् । पहिलो खेलमा नेपाल यूएईसँग ६८ रनले पराजित भएको थियो ।

नेपाल ३१ खेलमा १४ मा जित र १५ मा हारसहित ३० अंकसहित तालिकाको छैटौं स्थानमा छ भने ३१ खेलमा १४ मा जित र १४ मा हारसहित ३१ अंक जोडेको यूएई पाँचौं स्थानमा रहेको छ ।

 

सम्बन्धित समाचार