प्रधानमन्त्री दाहालको अभिव्यक्तिविरुद्धको रिट सर्वोच्चमा दर्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्धको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । आज (मंगलबार) प्रचण्डको अभिव्यक्तिविरुद्धको रिट सर्वोच्चमा दर्ता भएको हो ।

२०७६ माघ १ मा टुँडिखेलमा आयोजित एक कार्यक्रममा प्रचण्डले द्वन्दकालमा मारिएका ५ हजारको जिम्मा आफूले लिने अभिव्यक्ति दिएका थिए । उनको उक्त अभिव्यक्तिविरुद्ध अधिवक्ता ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकी लगायतले प्रचण्डविरुद्ध रिट हालेका थिए ।



प्रचण्डको उक्त अभिव्यक्तिविरुद्ध फौजदारी अभियोगमा छानबिन र उनलाई(प्रचण्ड) पक्राउ गरी कारबाही हुनुपर्ने आदेशको माग गरिएको छ । यसअघि सर्वोच्च प्रशासनले राजनीतिक अभिव्यक्तिमा टेकेर पेश भएको निवेदन दर्ता हुन नसक्ने भन्दै दरपीठ (दर्ता नहुने) आदेश गरेको थियो ।

तर त्यसविरुद्ध परेको निवेदनमा सुनुवाई गर्दै न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र हरि फुयाँलले निवेदन दर्ता गर्न आदेश गरेका हुन् । उक्त आदेशपछि कानुन व्यवसायीहरु पुन: रिट लिएर सर्वोच्च अदालत पुगेका हुन् ।

 

सम्बन्धित समाचार