इन्जिनमा आगो लागेपछि श्री एयरलाइन्सको जहाज आकस्मिक अवतरण

श्री एयरलाइन्सको जहाज जहाजको इन्जिनमा आगो लागेपछि त्रिभुवन विमानस्थलमाआकस्मिक अवतरण गरिएको छ । आज (बिहीबार) काठमाडौँबाट भैरहवातर्फ उडेको श्री एयरलाइन्सको जहाजको इन्जिनमा उड्ने लगत्तै आगो लागेपछि आकस्मिक अवतरण गरिएको हो ।

श्री एयरलाइन्सको उडान नं ८२१ को जहाजको इन्जिनमा ‘फायर वार्निङ’ देखिएपछि जहाज बिचबाटै काठमाडौँतर्फ फर्काइएको हो । उक्त जहाज केहीबेर अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सकुशल अवतरण गरेको र अहिले विमानस्थलको उडान अवस्था सामान्य रहेको विमानस्थलका प्रवक्ता टेकनाट सिटौलाले जानकरी दिए



चालक दलका सदस्यले इन्जिनमा आगो देखिएको भनेर टावरलाई जानकारी गराएसँगै विमान काठमाडौँमै फर्काइएको थियो । उक्त जहाजमा ७८ जना यात्रु सवार रहेको थियो ।

 

सम्बन्धित समाचार