मुक्तक सङ्ग्रह ‘इसारा’ र ‘अस्त्र’ लोकार्पित

साहित्यकार राजेन्द्र घिमिरेको र निश्चल घिमिरेकको नयाँ मुक्तक सङ्ग्रह ‘इसारा’ र ‘अस्त्र’ को आज लोकार्पण भएको छ । मुक्तक मञ्च काठमाडौद्वारा आयोजित लोकार्पण समारोह रेणु अधिकारी मौनताको अध्यक्षतामा भएको थियो ।

त्यस्तै प्रा. जगत उपाध्याय ‘प्रेक्षित’ (पूर्व सदस्य सचीव नेपाल प्रज्ञाप्रतिष्ठान) को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विशेष अतिथिहरु प्रा डा .गार्गी शर्मा, नेपाल प्रज्ञाप्रतिष्ठानको प्राज्ञ सदस्य डा. कौसिला रिसाल, नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेलगायतको उपस्थिति रहेको थियो ।



पिता र पुत्रकोको एउटै विधामा एउटै प्रकाशगृहबाट प्रकाशन र एउटै मञ्चमा एकै समय लोकार्पण भएको सायद यो विश्वमै पहिलो पटक हुन सक्ने अनुमान गरिएको छ । स्काइ पार्टी प्यालेस काठमाडौँ सामाखुसीको हलमा भएको कार्यक्रमको संचालन रबिना घिमिरे जिज्ञासुले र स्वागत मन्तव्य तारा के सी ले गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथी लगायतले मुक्तककारहरु लाई बधाई तथा कृति सफलतलो शुभकामना दिएका थिए । यस्तै कार्यक्रमको धन्यवाद ज्ञापन कल्पना भुसाल कल्पितले गरेकी थिइन् ।

सम्बन्धित समाचार