नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ फागुन ।
नेपालमा आज (आइतबार ) सुनको मूल्य १७०० रुपैयाँले बढेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख ३ हजार ५०० रहेकोमा शुक्रबार रु १ लाख १ हजार ८०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख ३ हजार रहेकामा शुक्रबार प्रतितोला रु १ लाख १ हजा ३०० रमा कारोबार भएकोे थियो । यसैगरी आज चाँदीको मूल्य पनि शुक्रबारको तुलनामा २५ रुपैयाँ बढ्दै एक हजार २४५ मा कारोबार भएको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार २२० मा कारोबार भएको थियो ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । सुनको मूल्यले गत बिहीबार रेकर्ड कायम गरेको थियो । स्थानीय बजारमा बिहीबार छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख ७ हजार ५०० र तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख ७ हजारमा कारोबार भएको थियो । यसअघि माघ १२ गते सुनको मूल्यले ऐतिहासिक रेकर्ड राख्दै प्रतितोला एक लाख छ हजार ९०० रुपैयाँ पुगेको थियो ।