भृकुटीमण्डपमा एक महिने बृहत् जुत्ता चप्पल मेला जारी

काठमाडौंस्थित भृकुटीमण्डपमा एक महिने बृहत जुत्ता चप्पल मेला जारीे छ । फागुन २१ गतेबाट आरम्भ भएको मेला एक महिनासम्म चल्ने आयोजक कमिटीले जनाएको छ ।

जुत्ता चप्पल मेला



नेपाली ब्राण्डका जुत्ता चप्पलहरू प्रयोग गर्ने प्रयोगकर्ताहरू गुणात्मक रूपमा वृद्धि हुँदै गएकोले उपभोक्ताहरूको चाहनालाई ध्यानमा राखी विभिन्न ब्राण्डका जुत्ता चप्पलहरूको मेला सञ्चालन गरिएको मेला आयोजक पक्षले जनाएको छ ।

जुत्ता चप्पल मेला

‘धेरै ब्राण्डका जुत्ता चप्पलहरू एउटै छानामुनि राखेर उपभोक्तालाई आफ्नो रोजाइअनुसार सहज रूपमा खरिद गर्न सक्ने अवस्थाको सिर्जना गरेका छौ । प्रचलित बजार भाउभन्दा कम मूल्यमा उपभोक्ताले रोजेर कुनै पनि ब्राण्डका जुत्ता चप्पल खरिद गर्न सक्नेछन्’ आयोजक पक्षले भनेको छ ।

जुत्ता चप्पल मेला

मेलामा चर्चित ब्राण्डहरू रन सुज, भेनस सुज, शिखर सुज, बेम्बो सुज, वान वोल्ड सुज, हिमानी कलेक्सन, कोस सुज आदि रहेका छन् ।

‘नेपाली जुत्ता उद्योग आत्मनिर्भरतातर्फ उन्मुख हुँदै थियो तर पटक पटकको कोभिडको प्रकोप, इकोनोमिक क्राइसिस, बैंकको बढ्दो ब्याजदर आदिले गर्दा उत्पादनमै अप्ठ्यारो पर्दै गएको छ । नेपाली जुत्ता उद्योगहरूलाई आत्मनिरर्भर बनाउन राज्यले पनि नीतिगत रूपमा नै प्रोत्सान हुने प्याकेज लागु गरी आयातित कच्चा पदार्थमा भन्सार छुट र अन्य सहुलियत प्याकेजहरू उपलब्ध गराउदै उद्योग मैत्री वातावरण बनाउनु पर्छ’ रन सुज इण्डस्ट्रिजका प्रबन्ध निर्देशक रूद्र न्यौपाने बताउँछन् ।

जुत्ता चप्पल मेला

सम्बन्धित समाचार