नवकान्तिपुर संवाददाता
काठमाडौं, ३० फागुन ।
मोरोक्को अधिराज्यका लागि नेपालको गैर आवासीय राजदूतमा सुशीलकुमार लम्साल नियुक्त भएका छन् । सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले इजिप्टका लागि आवासीय राजदूत लम्साललाई मोरोक्कोका लागि समेत गैरआवासीय राजदूत पदमा नियुक्त गरेका हुन् ।
नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम राष्ट्रपति पौडेलले लम्साललाई मोरोक्कोका लागि गैरआवासीय राजदूत पदमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा विज्ञप्तिमा जनाइएको छ ।
‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम इजिप्टका लागि नेपालको आवासीय राजदूत सुशीलकुमार लम्साललाई मोरोक्को अधिराज्यका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ’ राष्ट्रपति कार्यालयको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्ति