पेट्रोलियम पदार्थको मूल्य घट्यो, कति पुग्यो लिटरको ? (सूचीसहित)

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । सोमबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । निगमले पेट्रोल, डिजेल मट्टितेल तथा हवाइ इन्धनको मूल्य घटाएको हो ।

निगमले डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य लिटरमा १० रुपैयाँ र पेट्रोलको मूल्य लिटरमा तीन रुपैयाँ घटाएको छ । निगमले मूल्य घटाएसँगै अब प्रतिलिटर पेट्रोलको मूल्य १७५ र डिजेल तथा मट्टितेलको १६५ रुपैयाँ कायम भएको छ । यसअघि पेट्रोलको मूल्य १७८ र डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर रु १७५ थियो ।



त्यस्तै हवाई इन्धन (आन्तरिक) को रु १६० र हवाई इन्धन (बाह्य)को एक दशमलव ३५० अमेरिकी डलर कायम भएको छ । यसअघि हवाई इन्धन (आन्तरिक) को रु १७० र हवाई इन्धन (बाह्य)को एक दशमलव ४२० थियो । यस्तै निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने हाललाई यथावत राखिएको छ । हाल एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर रु एक हजार ८०० कायमै छ । ग्यासमा उच्च घाटा रहेकाले निगमले मूल्य घटाउन नसकिएको जनाएको छ ।

भारतीय आयल कर्पोरेसनबाट मूल्य घटेर आएसँगै सोमबार बसेको निगम सञ्चालक समिति बैठकले इन्धनको मूल्य घटाउने निर्णय गरेको हो । ‘निगमले सरकारको ऋण र ईण्डियन आयल कर्पोरेशन लिमिटेडलाई हाल तिर्नुपर्ने बक्यौता रकम करिव रु १४ अर्ब बाँकी रहेको अवस्थासमेतमा आमउपभोक्तालाई सहज एवम् सरल ढङ्गबाट पेट्रोलियम पदार्थ विक्रि वितरण गर्ने व्यवस्था मिलाउँदै आइरहेको छ’, विज्ञप्तीमा भनेको छ ।

यस्तो छ मूल्यसूची :

 

सम्बन्धित समाचार