नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ चैत ।
नेपालमा आज (बिहीबार) सुनको मूल्य ८०० रुपैयाँले घटेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख १० हजार २०० रहेकोमा बुधवार रु १ लाख ११ हजारमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख ९ हजार ६५० रहेकामा बुधवार प्रतितोला रु १ लाख १० हजार ५०० मा कारोबार भएकोे थियो । यसैगरी आज चाँदीको मूल्य पनि बुधबारको मूल्य भन्दा ३५ रुपैयाँ बढ्दै एक हजार ४३५ कारोबार भएको छ । बुधबार चाँदी प्रतितोला एक हजार ४०० मा कारोबार भएको थियो ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । सुनको मूल्यले बुधबार (चैत २२) गते रेकर्ड कायम गरेको थियो । उक्त दिन स्थानीय बजारमा बुधबार छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख ११ हजार र तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख १० हजार ५०० मा कारोबार भएको थियो ।