दुर्गा प्रसाईंसँग २ करोड मागेको अडियो सार्वजनिक भएलगत्तै रास्वपाद्वारा सांसद श्रेष्ठ निलम्बित

श्रेष्ठलाई पार्टीले सोध्यो स्पष्टीकरण

राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसद डा. ढाकाकुमार श्रेष्ठलाई निलम्बन गरी २४ घण्टे स्पष्टीकरण सोधेको छ । आज (आइतबार) एक प्रेस विज्ञप्ति जारी गर्दै पार्टीले श्रेष्ठलाई सांसद तथा पार्टीको पदमा रहेर कुनै पनि काम काज नगर्ने गरी कारबाही गर्दै स्पष्टीकरण सोधेको हो ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग मन्त्री बन्न दुई करोड रकम चाहिने भन्दै प्रसाईँसँग २ करोड रुपैयाँ मागेको अडियो आइतबार सार्वजनिक भएपछि उनलाई पार्टीले २४ घण्टे स्पष्टीकरण सोधेको हो । रास्वपाका महान्त्री एवं प्रवक्ता डा मुकुल ढकालले छानबिन पूरा नभएसम्म सांसद श्रेष्ठलाई पार्टीको साधारण सदस्यका हैसियतमा काम नगर्ने/नगराउन निर्देशन दिँदै तत्कालका लागि निलम्बन गरिएको बताए ।



श्रेष्ठलाई पार्टीको अनुशासन तथा आचरण समितिमा २४ घण्टाभित्र स्पष्टीकरण बुझाउन र श्रेष्ठमाथि छानबिन गरी प्रतिवेदन पेश गर्न अनुशासन तथा आचरण समितिलाई निर्देशन दिएको पनि ढकालले जानकारी दिए । यद्यपि सांसद डा. श्रेष्ठले सो आवाज आफ्नो नभएको बताएका छन् ।

 

 

सम्बन्धित समाचार