मृत अवस्थामा ७ जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ७ जना फेला परेका छन् । मुस्ताङ, थासाङ गाउँपालिका-२ कोबाङ बस्ने ८१ वर्षीया भिम कुमारी बिक आफ्नै घरको कोठामा बुधबार मृत अवस्‍थामा फेला परेकी छन् ।

त्यस्तै महोत्तरी, सोनमा गाउँपालिका-६ तरहारी टोलस्थित सार्वजनिक धर्मशालामा औरही नगरपालिका-४ कबिलासा बस्ने ६५ वर्षीय रामचन्द्र ठाकुर मंगलबार मृत अवस्थामा फेला परेका छन् । यता झापा, झापा गाउँपालिका-२ गोलमुनी खाडीस्थित खाल्डोको डिलमा सोही
गाउँपालिका-१ बस्ने ४७ वर्षीय झाढगे मुर्मु मंगलबार मृत अवस्थामा फेला परेका छन् ।



यस्तै पाँचथर, हिलिहाङ गाउँपालिका-१ मालबासेस्थित अरुण भ्याली हाईड्रो पावर लिमिटेड प्रालिमा डेलरेस्को युनिट १ टेलरेस पईन्ट (पोखरी) मा सोही हाईड्रोको प्लान्ट इन्चार्ज मोरङ उर्लाबारी नगरपालिका-७ बरगाछी बस्ने २६ वर्षीय अशोक खतिवडा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

यता गोरखा, गण्डकी गाउँपालिका-६ साँखुटारस्थित त्रिशुली नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् । उता मोरङ, विराटनगर महानगरपालिका-१६ स्थित दशगजामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी २५ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

त्यसैगरी सुनसरी, कोशी गाउँपालिका-८ स्थित सप्तकोशी नदीको पूर्वी नहरमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ६५ वर्षीया महिला मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार