नवकान्तिपुर संवाददाता
काठमाडौं, ३० चैत ।
गृह मन्त्रालयले नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ १३ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायव महानिरीक्षक (डिआइजी) मा बढुवाका लागि सिफारिस गरेको छ ।
बुधबार बसेको बढुवा समितिको बैठकको निर्णय अनुसार १३ जना एसएसपीलाई डिआइजीमा बढुवाका लागि सिफारिस गरिएको हो । बैठकले प्रहरी नियमावली, २०७१ (संशोधन सहित)को नियम २७ को उपनियम (४) अनुसार १३ एसएसपीलाई डिआइजी पदमा बढुवाका लागि सिफारिस गरिएको बढुवा समितिका बढुवा समितिका सदस्य सचिव एवं प्रहरी अतिरिक्त महानिरीक्षक सन्दीप भण्डारीले जानकारी दिए ।
बैठकले सिफारिस भएकामध्ये कुबेर कडायत एक नम्बरमा, केदार ढकाल दोस्रोमा, तेस्रोमा विष्णुकुमार केसी, चौथोंमा भरतबहादुर बोहरा र पाँचौँमा रवीन्द्र केसी रहेका छन् ।
यस्तो छ सूची