मृत अवस्थामा ५ जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ५ जना फेला परेका छन् । काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-१३ चुनिखेल डेरा गरी बस्ने नुवाकोट घर भएका ४० वर्षीय बिरे राई आफ्नै कोठामा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै झापा, दमक नगरपालिका-१० जदाहास्थित मावा खोलाको बाँधमा मोरङ उर्लाबारी नगरपालिका-९ चिहानडाँडा बस्ने ४५ वर्षीया सुशिला हेमरम बिहीबार मृत अवस्थामा फेला परेकी छन् । यता सप्तरी, राजबिराज नगरपालिका-६ स्थित सडक छेउको खाल्डोमा सोही नगरपालिका-६ थानगाछि डेरा गरी बस्ने सप्तरी राजबिराज नगरपालिका-४ घर भएका ५५ वर्षीय गणेश साह शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।



यस्तै सुनसरी, इनरुवा नगरपालिका-३ त्रिबेणी चोक बस्ने ४५ वर्षीय खेम राज श्रेष्ठ आफ्नै घरको प्यासेजमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । उता धादिङ, गल्छी गाउँपालिका-१ जिन्ठेटारस्थित त्रिशुली नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार