नेपालद्वारा ओमान पराजित

एसीसी प्रिमियर कप अघि भएको नेपाल र ओमानबीचको अभ्यास खेलमा नेपाल विजयी भएको छ । शनिबार भएको खेलमा नेपालले ओमानलाई ५ विकेटले पराजित गरेको हो ।

किर्तीपुरस्थित टियु मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ ४६ रन बनाएको थियो । ओमानका लागि शोएब खानले अविजित रहँदै ११० रनको शतकीय पारी खेले भने ओपनर जतिन्दरसिंह ४२ रन जोडे । त्यस्तै मोहम्मद नदिमले २४ रन बनाए भने कश्याप प्रजापतिले १६ रन जोडे ।



नेपालका लागि किशोर महतोले ३ विकेट लिए भने प्रतिश जीसी र सूर्य तामाङको भागमा समान २-२ विकेट रह्यो । २४७ रनको लक्ष्य लिएर मैदान उत्रेको नेपालले ४४ दशमलब ४ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको लागि अर्जुन साउदले ६७, रोहित पौडेलले ५८ र दीपेन्द्रसिंह ऐरीले ५९ रनको अर्धशतकीय पारी खेले भने देव खनाल १० रनमा आउट भए । ओमानका लागि कप्तान जिशान मकसुदले २ विकेट लिए । एसीसी प्रिमियर कपमा नेपाल र ओमान एकै समूहमा रहेका छन् । एसीसी प्रिमियर कप आगामी मंगलबारदेखि सुरु हुँदै छ ।

प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरेविया रहेका छन्स भए समूह ‘बी’ मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन रहेका छन्। नेपालले पहिलो खेल वैशाख ५ मा मलेसियासँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । १० टोली सहभागी प्रतियोगिताको विजेता टोलीले एसिया कप खेल्ने छ ।

 

सम्बन्धित समाचार