मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमन्त्री साउदले लिए पद तथा गोपनियताको शपथ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तार गरेका छन् । आज (आइतबार) परराष्ट्रमन्त्रीमा नेपाली कांग्रेसका एनपी साउदलाई नियुक्त गर्दै प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

साउदले आजै पद तथा गोपनियताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलबाट नवनियुक्त परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले शपथ लिएका हुन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले मन्त्री साउदलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।



साउदले लिए पद तथा गोपनियताको शपथ

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री दाहाल, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गण्ोशप्रसाद तिमिल्सिना उपस्थित थिए । मन्त्री साउदले आजै मन्त्रालय पुगी पदभार सम्हालेका छन् ।

त्यस्तै नेकपा एकीकृत समाजवादीकी नेतृ नन्दा चपाईं भौतिक पूर्वाधार राज्यमन्त्री बनेकी छन् । नेकपा (एकीकृत समाजवादी) का नेता एवं राष्ट्रियसभा सदस्य चपाईंलाई प्रधानमन्त्री दाहालले आजै राज्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

उनलाई आइतबार राष्ट्रपति कार्यालयमा आयोजित शपथ समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनीयताको शपथ गराएका हुन् । राज्यमन्त्री चपाईंले आजै मन्त्रालय पुगी पदभार सम्हालेकी छिन् ।

सम्बन्धित समाचार