आज यी स्थानमा मेघगर्जन र चट्याङ सहित वर्षाको सम्भावना

हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशका पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभाग अनुसार आज (सोमबार) देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहने छ । देशका गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरु र बाँकी पहाडी भू -भागका एक-दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा-हुरीको सम्भावना रहेको छ । साथै उपत्यका लगायत देशका धेरै भू-भागहरुमा तुवाँलोको सम्भावना रहेको छ ।



त्यस्तै आज राति देशका देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने छ । कोशी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ । गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरु र बाँकी पहाडी भु-भागका एक वा दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै तराईका थोरै स्थानहरूमा हावा-हुरीको सम्भावना रहेको र नेपालमा वर्षाका गतिविधि कम भएसंगै डढेलोका घटनाहरु बढेको कारणले उपत्यका लगायत देशका धेरै भू-भागहरुमा तुवाँलोको सम्भावना रहेको छ र यसबाट वायु प्रदुषणमा वृद्दि भईरहेको देखिन्छ । त्यसैले मेघगर्जन/चट्याङ्ग, हावाहुरी, डढेलो र प्रदुषणबाट हुन सक्ने क्षति/जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाले अनुरोध गरेको छ ।

 

सम्बन्धित समाचार