नवकान्तिपुर संवाददाता
काठमाडौं, ५ बैशाख ।

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ४ जना फेला परेका छन् । काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका-८ तेजविनायक डेरा गरी बस्ने सिन्धुली सुनकोशी गाउँपालिका घर भएकी २७ वर्षीया मनिका लामा आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।
त्यस्तै झापा, बिर्तामोड नगरपालिका-३ बिर्ताबजार बस्ने ६५ वर्षीय डम्बर बहादुर राई आफ्नै घरमा आइतबार मृत अवस्थामा फेला परेका छन् । यता कञ्चनपुर, भिमदत्त नगरपालिका-११ महाकाली आर्याघाटस्थित महाकाली नदीमा शुक्लाफाँटा नगरपालिका-५ बस्ने १८ वर्षीय दिप्पे भन्ने दिपेन्द्र हमाल आइतबार मृत अवस्थामा फेला परेका छन् । मलामी गएको अवस्थामा नुहाउने क्रममा डुबेका उनको खोजी गर्दा शव फेला परेको हो ।
यस्तै दोलखा, बैतेश्वर गाउँपालिका-३ बस्ने ९२ वर्षीय कृष्ण बहादुर बस्नेत सोही ठाउँस्थित गोपीखोलाको किनारमा आइतबार मृत अवस्थामा फेला परेका छन् । गत शुक्रबारदेखि घरबाट हिँडेका उनको खोजी गरने क्रममा उक्त गोपीखोलाको किनारमा शव फेला परेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

