नवकान्तिपुर संवाददाता
काठमाडौं, ७ बैशाख ।

हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूर पश्चिम प्रदेश लगायत गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आँशिक देखी सामान्यतया बदली रही देशका बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभाग अनुसार आज (बिहीबार) देशका सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश लगायत अन्य पहाडी भू-भागमा आंशिक देखी सामान्यतया बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरुमा तथा बागमती र कोशी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै आज राति देशका सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश लगायत अन्य पहाडी भू-भागमा आंशिक देखी सामान्यतया बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरुमा तथा बागमती र कोशी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का/क्षणिक वर्षाको सम्भावना र मधेस र कोशी प्रदेशका तराईका केही स्थानहरूमा हावा-हुरीको सम्भावना रहेको छ ।
त्यस्तै गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरू र बाँकी पहाडी भू-भागका एक वा दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ । तराईका केही स्थानहरूमा हावा-हुरीको सम्भावना रहेको छ । त्यसैले मेघगर्जन/चट्याङ्ग, हावाहुरीबाट हुन सक्ने क्षति/जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाले अनुरोध गरेको छ ।

