गोकर्णेश्वर नगरपालिकाले वृहत गजल महोत्सव आयोजना गर्ने

काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले वृहत गजल महोत्सव आयोजना गर्ने भएको छ ।

२०८० वैशाख २३ गते गोकर्णेश्वर नगरपालिका वडा नं. ९ स्थत आरुबारी ब्याङ्क्वेटमा आयोजना हुने महोत्सवमा सहभागी हुन चाहने गजलकारहरुले वैशाख १५ गतेभित्र गोकर्णेश्वर नगरपालिका, शिक्षा, युवा तथा खेलकुद शाखा कार्यालय जोरपाटीमा कार्यालय समयमा गजल दर्ता गराउनुपर्नेछ ।



रचनाहरु शिक्षा शाखाको इमेल ठेगाना gokarneshwor.shikshya2019@gmail.com मा पनि पठाउन सकिनेछ भने आवश्यक जानकारीका लागि फोन नं. ०१–४९१२१४० मा सम्पर्क गर्न सकिनेछ ।

प्रतियोगिताका लागि उपलब्ध रचनाहरु विज्ञ समूहद्वारा मूल्यांकन गराई ४० वटा रचनाहरुको छनोट गरिनेछ । छनौटमा पर्ने सर्जकले कार्यक्रम हुने दिन बिहान १० बजे गोकर्णेश्वर नगरपालिका वडा नं. ९ स्थत आरुबारी ब्याङ्क्वेटमा उपस्थिति हुनु पर्नेछ ।

कार्यक्रममा गजल वचन तथा गायन गर्न चाहनेलाई सम्भव भएको र उपलब्ध बाद्यन्त्र सहित गायनको अवसर पनि प्रदान गरिनेछ । प्रतियोगितामा प्रथम हुने गजलकारलाई करबाहेक नगद रु ६० हजार पुरस्कार प्रदान गरिनेछ भने द्वितीयलाई ४० र तृतीयलाई ३० हजार रुपैयाँ तथा पाँचजनालाई सान्त्वना पुरस्कार स्वरुप जनही २० हजार रुपैयाँका दरले पुरस्कृत गरिनेछ ।

समय तालिका :

मितिः २०८० बेशाख २३ गते शनिवार
स्थानः आरुवारी बैक्वेट,गो.न.पा ९ काठमाण्डौ
समयःविहान १० बजे
आयोजकः गोकर्णेश्वर नगरपालिका ,जोरपाटी काठमाण्डौ

 

 

सम्बन्धित समाचार