नवकान्तिपुर संवाददाता
काठमाडौं, ७ बैशाख ।

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ८ जना फेला परेका छन् । काठमाडौं महानगरपालिका-१६ बालाजु बोहराटार पुरानो गणेश मन्दिर नजिक बाँसको झ्याङमा सोही ठाउँ बस्ने धादिङ गगाजमुना गाउँपालिका-७ घर भएका ६० वर्षीय कृष्ण बहादुर दाहाल बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी काठमाडौं महानगरपालिका-९ सिनामंगल भत्केको पुल नजिक मन्दिरको पेटीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् । यता पाल्पा, रिब्दिकोट गाउँपालिका-५ ढकाल टोल बस्ने ६३ वर्षीय राज कुमार घिमिरे सोही ठाउँस्थित भैरव सामुदायिक बनमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै सुनसरी, रामधुनी नगरपालिका-७ रासताल बस्ने ४५ वर्षीय शिब लाल गिरी बुधबार सोही ठाउँमा मृत अवस्थामा फेला परेका छन् ।यस्तै कञ्चपुर, भिमदत्त नगरपालिका-१३ पिपरियाघाट महाकाली नदीको किनारमा भिमदत्त नगरपालिका-१२ बिष्णुटोल बस्ने ६५ वर्षीय रामसरुप सोनाहा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
यता दोलखा, भिमेश्वर नगरपालिका-६ टाँकनागी लेखटोल बस्ने ४३ वर्षीय पदम बहादुर तामाङ आफ्नै घरमा बुधबार मृत अवस्थामा फेला परेका छन् । उता मोरङ, सुन्दरहरैचा नगरपालिका-१२ मिलनचोक बस्ने ३१ वर्षीय सुवास बिक सुतेको अवस्थामा बुधबार मृत फेला परेका छन् ।
यस्तै चितवन, भरतपुर महानगरपालिका-१ नारायणी नदीको किनारमा सोही महानगरपालिका-१ देवघाट बस्ने काठमाडौं स्युचाटार घर भएका ६६ वर्षीय भरत दवाडी बुधबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

