मन्त्रिपरिषद् बैठकले गर्यो यस्तो निर्णय

सरकारले बैशाख ५ गते मंगलबार बसेको मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरेको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरिएको हो ।

बैशाख ५ गते बसेको मन्त्रिपरिषद् बैठकले सरकारले राष्ट्रिय शतर्कता केन्द्र सञ्चालन सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने ,लेखापरीक्षणमान बोर्डको सदस्यमा चार्टर एकाउण्टेण्ट भोजराज पाण्डेलाई मनोनयन गर्ने लगायतका निर्णय मन्त्रिपरिषद्ले गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले पत्रकार सम्मेलन गरी जानकारी दिइन् ।



यस्ता छन् मन्त्रिपरिषद्का निर्णय
राष्ट्रिय शतर्कता केन्द्र सञ्चालन सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय

दक्षिण कोरिया र चीनमा आयोजना हुने कार्यक्रममा सहभागी हुन महान्यायाधिवक्ता कार्यालयका तीन जना नायव महान्यायाधीवक्ताहरुलाई स्वीकृति दिने निर्णय

अजरबैजानको बाकुमा आयोजना हुने एसोसाइ वर्किङ ग्रुप अन एसडीजीएसको स्थलगत वार्षिक बैठकमा सहभागी हुन उपमहालेखापरीक्षक राममायाँ कुँवरलाई स्वीकृति प्रदान गर्ने निर्णय

लेखापरीक्षणमान बोर्डको सदस्यमा चार्टर एकाउण्टेण्ट भोजराज पाण्डेलाई मनोनयन गर्ने निर्णय

सार्वजनिक संस्थान सुझाव समिति अवधारणा पत्र, २०८० स्वीकृत गरी शंकरप्रसाद अधिकारीको संयोजकत्वमा तीन सदस्यीय सार्वजनिक संस्थान सुझाव समिति गठन गर्ने निर्णय

नेपाल-भारत पेट्रोलियम तथा ग्याँस सम्बन्धी संयुक्त कार्य समूह, (सहसचिवस्तर) को चौथो बैठक मिति २०८०/०१/१२ मा काठमाडौँमा आयोजना गर्ने निर्णय

जिल्ला समन्वय समिति, प्युठानको नाममा दर्ता रहेको प्युठान जिल्ला साबिक विजयनगर गा.वि.स. वडा नम्बर २ स्थित ०-२-२-० र ५-६—३-१ रोपनी जग्गा सोही स्वास्थ्य कार्यालय, प्युठानको प्रशासनिक भवन निर्माणार्थ उपयोग गर्न स्वीकृति दिने निर्णय

स्याङ्जा जिल्ला साबिक पुतलीबजार गा.वि.स. वडा नम्बर ९ स्थित ४-१-१-३ र ११-१-२-२ रोपनी सार्वजनिक जग्गा ३० वर्षका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाको भवन निर्माणार्थ प्रयोग गर्न स्वीकृति दिने निर्णय

भूउपयोग (पहिलो संशोधन) नियमावली, २०७९ स्वीकृत गर्ने निर्णय

काठमाडौँ-तराई/मधेस द्रुतमार्ग सडक आयोजनाको लागि जग्गा प्राप्त गर्न स्वीकृति दिने निर्णय

काठमाडौँ-तराई/मधेस द्रुतमार्ग सडक आयोजनाको निर्माण अवधि २०८३ चैत्र मसान्तसम्म थप गर्ने निर्णय

नेपाली सेनाका एक जना महासेनानीलाई सहायक रथी दर्जामा, एकजना प्रमुख सेनानीलाई महासेनानी दर्जामा, एकजना सेनानीलाई प्रमुख सेनानीमा मानार्थ बढुवा र दुई जना महासेनानीहरुको सरुवा गर्ने निर्णय

सुनिगाड जलविद्युत आयोजनाको इन्टेक, अडिट र पावरहाउस लगायतका भौतिक पूर्वाधारहरु निर्माण गर्न बझाङ जिल्लाको जयपृथ्वीबहादुर नगरपालिका ११, सुर्मा गा.पा. वडा नम्बर ६ मा रहेको राष्ट्रिय वन क्षेत्रको ४.८४ हेक्टर जग्गा पच्चिस वर्षसम्म प्रयोग गर्न स्वीकृति दिने निर्णय

माथिल्लो रिचेत खोला जलविद्युत आयोजनाको इन्टेक, अडिट र पावरहाउस लगायतका पूर्वाधारहरु निर्माण गर्न गोरखा जिल्लाको आरुघाट गा.पा.वडा नम्बर १ र धार्चे गा.पा. वडा नम्बर ६ मा रहेको राष्ट्रिय वन भित्रको २.७५ हेक्टर जग्गा तीस वर्षसम्म प्रयोग गर्न स्वीकृति दिने निर्णय

लोकसेवा आयोगको सिफारिस बमोजिम तीन जना कर्मचारीहरुलाई निजामती सेवाका राजपत्राङ्कित प्रथम श्रेणी, सहसचिव (प्रा.) पदमा नियुक्त गर्ने निर्णय

सम्बन्धित समाचार