नवकान्तिपुर संवाददाता
काठमाडौं, ९ बैशाख ।

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ४ जना फेला परेका छन् । मकवानपुर, गढी गाउँपालिका-१ बुधनेटोल बस्ने २९ वर्षीया सिता मायाँ भोलन सोही ठाउँस्थित लोसि खोल्सीमा शुक्रबर मृत अवस्थामा फेला परेकी छिन् ।
नुहाउन जान्छु भनि घरबाट हिँडेकी उनी घर नफर्किएपछि खोजी गर्ने क्रममा शव फेला परेको हो । त्यस्तै सप्तरी, कंचनरुप नगरपालिका-११ बेङग्री टोल बस्ने ५६ वर्षीय हृदय नारायण चौधरी सोही ठाउँस्थित बेङग्री खोला हातिसुर सामुदायिक वनमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
उक्त वनमा घाँस काटन भनी घरबाट निस्केका उनी घर नफर्किएपछि खोजी गर्ने क्रममा शव फेला परेको हो । यता काभ्रे, पनौती नगरपालिका-९ पलाङवाड बस्ने ७६ वर्षीया सितामाया राउत सोही ठाउँस्थित पाखा बारीमा शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।
यस्तै सुनसरी, गढी गाउँपालिका-१ मधेली बस्ने ५७ वर्षीय श्यामदेव चौधरी आफ्नै घर नजिकै रहेको सडकको नालामा शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

