आज यी स्थानमा मेघगर्जन र चट्याङ सहित वर्षाको सम्भावना

हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशभर आँशिक देखि सामान्य बदली रही सुदुर पश्चिम प्रदेश, कार्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभाग अनुसार आज (सोमबार) देशभर आंशिक देखि सामान्यतया बदली रहने छ। देशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ । तराईका थोरै स्थानहरूमा हावा-हुरीको सम्भावना रहेको छ ।



त्यस्तै आज राति लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ ।

पहाडी भू-भागहरुका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको र अपरान्ह पछि तराईका थोरै स्थानहरूमा हावा-हुरीको सम्भावना रहेकोले मेघगर्जन/चट्याङ्ग, हावा-हुरीबाट हुन सक्ने क्षति/जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाले अनुरोध गरेको छ ।

सम्बन्धित समाचार