नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ बैशाख ।
बारा-२ को उपनिर्वाचनमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको अग्रता कायमै रहेको छ । यादव सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् ।
निर्वाचन आयोगको पछिल्लो तथ्यांकअनुसार २० हजार ५०० गणना गर्दा यादवले ८ हजार ८८१ मत प्राप्त गर्दा उनका निकटम प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहले ६ हजार १७९ मत प्राप्त गरेका छन् ।
त्यस्तै एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले ३ हजार ५३८, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले १ हजार १६७ पाउँदा आम जनता पार्टीका अरुणकुमार ज्ञवालीले ५७१ मत प्राप्त गरेका छन् ।
त्यस्तै नेकपा (एमाले) का रामप्रसाद न्यौपानेले ७ हजार २६७ मत प्राप्त गर्नुभएको मुख्य निवाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिनुभयो ।