नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ बैशाख ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज(शनिबार) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा उनीहरुबीच भेटवार्ता भएको हो ।
भेटमा समसामयिक राजनीतिक विषय, मुलुकको पछिल्लो समसामयिक विषयमा उनीहरूबीच छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
भेटपछि पत्रकारहरूसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष ओलीसँगको आजको भेटमा उहाले नक्कली भुटानी शरणार्थीबारे भइरहेको अनुसन्धानबारे चासो राखेको जानकारी दिए । त्यस्तै प्रधानमन्त्रीले कसैको दबाबमा नपर्ने भन्दै कानुनअनुसार अनुसन्धान प्रक्रिया अघि बढ्ने र दोषीलाई कारबाही गरिने बताए ।
यसअघि बिहीबार पनि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता भएको थियो । उक्त भेटवार्तामा नक्कली शरणार्थी प्रकरणमा पार्टीका उच्च नेता जोडिएपछि एमाले अध्यक्ष ओलीले निर्दोष फस्न नहुने र दोषी उम्कन नहुने विषयमा प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएको बताएका थिए ।