सांसद अमरेशकुमार सिंहले संसदमा लुगा खोलेपछि…  

प्रतिनिधिसभाको सोमबारको बैठकमा आकस्मिक समयमा बोल्न नदिएको भन्दै सांसद अमरेशकुमार सिंहले लुगा खोलेर विरोध जनाएका छन् ।

सभामुख देवराज घिमिरेले बैठकको सुरुमै सोमबार आकस्मिक समय नरहेको र सोझै कार्यसूचीमा प्रवेश गर्ने बताउएका थिए  । तर केही सांसदहरूले बैठकमा उभिएर त्यसको विरोध जनाए ।



सांसद सिंहले पनि आकस्मिक समयमा बोल्न पाउनुपर्ने भन्दै सभामुखलाई आग्रह गरेका थिए । तर सभामुख घिमिरेले उनलाई बोल्ने समय उपलब्ध नगराएकाले बस्न भनेका थिए । तर सांसद सिंहले आफूले लगाएको सर्ट फुकालेर विरोध जनाएका हुन् ।

सांसद सिंहले संसद्को मर्यादाविपरीत क्रियाकलाप गरेको भन्दै सभामुख घिमिरेले प्रतिनिधिसभा नियमावली २०७९ को निमय ३० अनुसार पटकपटक चेतावनी दिएपछि सांसद सिंह आफ्नो स्थानमा बसेका थिए । सोमबारको बैठकको शून्य समयमा बोल्दै सांसद अच्युतप्रसाद मैनालीले यस्तो क्रियाकलाप संसदीय अभ्यासविपरीत रहेको धारणा राखेका थिए ।

सम्बन्धित समाचार