नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ बैशाख ।
बाजुरा जिल्लाको बिछ्या केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज (बिहीबार) बिहान ५ बजेर १५ मिनेटमा भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाजुराको बिछ्या केन्द्रविन्दु भएर ४ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको जनाएको छ ।
यसअघि गत बैशाख २३ गते बाजुराकै बिछ्या केन्द्रविन्दु भएर ४ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको थियो । पछिल्लोे समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम जारी छ । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रको रुपमा लिने गरिन्छ ।