आईपीएलमा मुम्बईद्वारा गुजरात पराजित  

भारतमा जारी इन्डियन प्रिमियर लिग(आईपीएल)मा मुम्बई इन्डियन्सले विजयी भएको छ । शुक्रबार राति भएको खेलमा मुम्बईले गुजरात टाईटन्सलाई २७ रनले पराजित गरेको हो ।

जारी प्रतियोगितामा मुम्बईको यो सातौं जित हो भने गुजरातको चौथो हार । मुम्बईको घरेलु मैदान वानखडे स्टेडियममा भएको खेलमा टस हारेर पहिलो बलिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २१८ रन बनायो । मुम्बईका लागि सुर्यकुमार यादवले १०३ रनको शतकीय पारी खेले भने इशान किशनले ३१ रन बनाए ।



त्यस्तै कप्तान रोहित शर्मा २९ रन जोड्दा विष्णु विनोदले ३० र नेहाल वाधेराले १५ रन बनाए । गुजरातका लागि राशिद खानले ४ विकेट लिए । २१९ रनको लक्ष्य लिएर मैदान उत्रेको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १९१ रन मात्र बनाउन सक्यो  ।

गुजरातका लागि राशिद खानले ७९ रनको अर्धशतकीय परी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै डेबिड मिलरले ४१ रन बनाई आउट भए भने  भने विजय शंकरले २९ र राहुल तिवातियाले १४ रन जोडे ।

मुम्बईका लागि अकाश मधवालले ३ विकेट लिए बज्ने कुमार कार्तिक्य र पीयुष चावलाको भागमा समान २-२ विकेट रह्यो । सातौं जितसँगै मुम्बई १२ खेलमा ७ जित र ५ हार सहित १४ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ भने समान खेलमा १६ अंक जोडेको गुजरात तालिकाको शीर्ष स्थानमा रहेको छ ।

सम्बन्धित समाचार