नवकान्तिपुर संवाददाता
काठमाडौं, ३१ बैशाख ।
भारतमा जारी इन्डियन प्रिमियर लिग(आईपीएल) मा पन्जाब किंग्स विजिये भएको छ । शनिबार राति भएको खेलमा पन्जाबले दिल्ली क्यापिटल्सलाई ३१ रनले पराजित गरेको हो ।
जारी प्रतियोगितामा पन्जाबको यो छैटौं जित हो भने दिल्लीको आठौँ हार । दिल्लीको घरेलु मैदान अरुण जेट्ली स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६७ रन बनाएको थियो ।
पन्जाबका लागि प्रभसिमरन सिंहले १०३ रनको शतकीय पारी खेले भने साम करनले २० रन बनाए । त्यस्तै सिकन्दर राजा ११ रनमा अविजित रहे । दिल्लीका लागि ईशान्त शर्माले २ विकेट लिए भने प्रबिन दुवे, अक्षर पटेल, कुलदिप यादव र मुकेश कुमारको भागमा समान १-१ विकेट रह्यो ।
१६८ रनको लक्ष्य लिएर मैदान उत्रेको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३६ रन मात्र बनाउन सक्यो । दिल्लीका लागि ओपनर डेबिड वार्नरले ५४ रनको अर्धशतकीय पारी खेले पनि तिम्लाई जित दिलाउन सकेनन् । यस्तै फिलिप साल्ट २१ रन बनाई आउट भए भने अमन खानले १६ , प्रबिन दुवेले १६ रन जोड्दा कुलदिप यादव १० रनमा अविजित रहे ।
पन्जाबका लागि हरप्रित ब्रारले ४ विकेट लिए भने राहुल चहर र नाथन एलिसको भागमा समान २-२ विकेट रह्यो ।छैटौं जित हात पारेको पन्जाब १३ खेलमा ६ जित र ६ हारसहित १२ अंक जोड्दै लिगको छैटौं स्थानमा उक्लिदै प्लेअफको सम्भावना कायमै राखेको छ भने समान खेलमा ४ जित र ८ हार सहित ८ अंक जोडेको दिल्ली अंक तालिकाको पुछारमा कायमै रहेको छ र उसको प्लेअफमा पुग्ने सम्भावना समाप्त भएको छ ।