पक्राउ परे रायमाझी, आज अदालत उपस्थित गराइने

 

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्ने डरले फरार रहेका एमाले नेता टोपबहादुर रायमाझी अन्ततः आइतबार राति पक्राउ परेका छन् । उनलाई आज अदालत उपस्थित गराइँदै छ ।



रायमाझीलाई म्याद थपका लागि अदालत लगिने काठमाडौं जिल्ला प्रहरी परिसरले जनाएको छ । काठमाडौंको बुढानीलकण्ठबाट पक्राउ परेका रायमाझीलाई काठमाडौं जिल्ला प्रहरी परिसर टेकुमा राखिएको छ । उनको राति नै स्वस्थ्य परीक्षण गरिएको थियो ।

पक्राउ पुर्जी जारी भएको ११ औं दिनमा रायमाझी काठमाडौंको बुढानिलकण्ठमा पक्राउ परेका हुन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा रायमाझीका छोरा सन्दीप रायमाझी यसअघि नै पक्राउ परिसकेका छन् ।

सम्बन्धित समाचार