नवकान्तिपुर संवाददाता
काठमाडौं, २ जेठ ।
नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य लिटरमै प्रतिलिटर १० रुपैयाँका दरले घटाएको छ । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएपछि मङ्गलबार बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य घटाउने निर्णय गरेको हो ।
घटेको मूल्यअनुसार यसअघि प्रतिलिटर १६५ रुपैयाँमा बिक्री हुँदै आएको डिजेल र मट्टीतेलको मूल्य अब प्रतिलिटर १५५ रुपैयाँ कायम भएको छ ।
निगमले पेट्रोल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत राखेको छ ।