२०४८ सालयताका सबै उच्चपदस्थ व्यक्तिको सम्पत्ति छानबिन गर्न प्रधानमन्त्री प्रचण्ड तयार

 

प्रतिनिधिसभामा बोल्दै आफू २०४८ सालयताका सबै उच्चपदस्थ व्यक्तिहरूको सम्पत्ति र भ्रष्टाचारको छानबिन गर्न आफू तयार भएको बताएका छन् । विहीबारको प्रतिनिधिसभाको प्रश्नोत्तर कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताएका हुन् ।



यसैक्रममा प्रम प्रचण्डले क्यान्टोनमेन्टमा कुनै अनियमितता नभएको पनि बताएका छन् । उनले माओवादी लडाकुको नाममा भ्रष्टाचार भएको प्रमाणित भए आफू जेल जान पनि तयार रहेको पनि बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले लडाकु शिविरमा भ्रष्टाचार भएको प्रसङ्ग उठाउँदै छानबिनका लागि प्रधानमन्त्री तयार हो ? भनी प्रश्न गरेका थिए ।

 

 

सम्बन्धित समाचार